मलेसियामा बस दुर्घटना हुँदा २ नेपालीको मृत्यु, १० जना घाइते

काठमाडौं - मलेसियाको क्वालालम्पुर अन्तर्राष्ट्रिय विमानस्थलमा काम गर्ने कामदारहरु बोकेको बस दुर्घटना हुँदा दुई नेपालीसहित १३ जनाको मृत्यु भएको छ । विमानस्थलको कार्गो कम्पनीमा काम गर्ने कामदारहरु चढेको बस सेलागरमा दुर्घटना हुँदा दुई नेपालीको घटनास्थलमै मृत्यु भएको हो नेपाल जनप्रगतिशिल मञ्च मलेसियाका अध्यक्ष प्रेम पाण्डेले जानकारी दिए । मृत्यु हुनेमा बर्दियाका रामु चौधरी र सर्लाहीका…