बिरामी छोडेर मन्त्री हुने समय छैन : डा. सन्दुक रुइत

काठमाण्डु– वरिष्ठ नेत्र रोग विशेषज्ञ डा. सन्दुक रुइतले प्रधानमन्त्री सुशीला कार्कीको मन्त्री बन्ने प्रस्ताव अस्वीकार गरेका छन्। प्रधानमन्त्री कार्कीले मङ्गलबार तिलगंगा आँखा प्रतिष्ठानमै पुगेर डा. रुइतलाई आफ्नो नेतृत्वको सरकारमा मन्त्री बन्न आग्रह गरेकी थिइन्। तर, रुइतले आफू सरकारलाई सहयोग गर्ने तर मन्त्री बनेर सहभागी हुन नसक्ने बताएका हुन्। प्रधानमन्त्रीसँगको भेटपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै डा. रुइतले…