काठमाडौं- राम्रो जागिर लगाइदिने प्रलोभनमा नेपाली युवतीलाई भारतको वेश्यालयमा बेच्ने गरेको आरोपमा प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोको टोलीले एक जनालाई पक्राउ गरेको छ । ब्यूरोको टोलीले सुनसरीको धरान नगरापलिका १७ का ३१ वर्षीय सन्तोष राईलाई पक्राउ गरेको हो । उनले आकर्षक जागिर लगाईदिने प्रलोभनमा नेपाली युवतीहरुलाई झुक्यानमा पारी भारतको नयाँदिल्लीस्थित जिबिरोडको बेश्यालयमा बेच्ने गरेको थिए ।…