काठमाडौँ - समाजमा शान्तिसुरक्षा स्थापनार्थ नेपाल प्रहरीले ‘समुदाय–प्रहरी साझेदारी’ कार्यक्रम सञ्चालनका लागि अहिलेसम्म देशका ७४० स्थानीय तहसँग समझदारी गरेको छ । नेपालका कूल ७५३ स्थानीय तहमध्ये १३ स्थानीय तहसँग समझदारी हुनेक्रममा रहेको प्रहरी प्रधान कार्यालय काठमाडौँले जनाएको छ । प्रहरी प्रवक्ता उत्तमराज सुवेदीले अहिलेसम्म उक्त अभियानअन्तर्गत ६७ वटा जिल्ला समिति, ६०२ पालिका समिति, एक हजार…