एनसेलले अब नयाँ ९७१ नम्बर रेन्जको मोबाइल नम्बरहरू उपलब्ध गराउने

काठमाण्डु – एनसेलले आमउपभोक्ताको सुविधाका लागि अब नयाँ नम्बर रेन्ज ९७१ बाट सुरु हुने मोबाइल नम्बर उपलब्ध गराउने भएको छ । साउनको दोस्रो हप्ताभित्रै नयाँ सिमहरू वितरण थाल्ने तयारी रहेको कम्पनीले जनाएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले गत जेठ १४ गते एनसेललाई यो नम्बर रेन्जको नम्बरहरू वितरण गर्नका लागि अनुमति प्रदान गरेको थियो । प्राधिकरणद्वारा…