काठमाडौं - एमाले र माओवादी केन्द्रबीच तोकिएको मितिमै पार्टी एकता घोषणा हुनेमा संशय देखिएको छ। कम्युनिस्ट पार्टी स्थापना दिवस पारेर आगामी वैशाख ९ गते एकता घोषणा गर्ने अनौपचारिक कुराकानी भए पनि आन्तरिक तयारी सुस्त छ। पार्टी एकतासम्बन्धी विधान र राजनीतिक प्रतिवेदन तयार पार्न गठित कार्यदलले वैशाख ९ मा पार्टी एकता गर्न सुझाएको थियो। त्यही दिन घोषणा…