काठमाण्डु – नेपाली कांग्रेसका सभापति गगनकुमार थापा र उपसभापति विश्वप्रकाश शर्माले निवर्तमान सभापति शेरबहादुर देउवासँग भेटवार्ता गरेका छन् । नवनिर्वाचित सभापति र उपसभापतिद्वयले शनिबार दिउँसो पार्टीका निवर्तमान सभापति शेरबहादुर देउवासँग महाराजगञ्ज पुगेर भेटवार्ता गरेका हुन् । कांग्रेस प्रवक्ता देवराज चालिसेले देउवासँग दुवै नेताको भेटवार्ता भएको जानकारी दिए । थापा र शर्माले कांग्रेसलाई एकताबद्ध राख्ने विषयमा…