काठमाडौं– नेकपा माओवादी केन्द्रका महाधिवेशन आयोजक समिति केन्द्रीय सल्लाहकार झंकरबहादुर रावलको आज दिउँसो पशुपति आर्यघाटमा अन्त्यष्टि गरिएको छ । मधुमेह रोगबाट पीडित रावलको हिजो बिहान काठमाडौंस्थित वीर अस्पतालमा ६० वर्षको उमेरमा निधन भएको थियो । मृर्गाैला प्रत्यारोपणपछि रक्तचाप नियन्त्रणमा नआएका कारण रावलको मृत्यु भएको अस्पतालले जनाएको छ । उनका २ श्रीमती र ३ छोरा छन्…