काठमाण्डु – संसदीय समितिमा विचाराधीन विद्यालय शिक्षा सम्बन्धी विधेयकमा सहमति जुट्न नसक्दा अलमल देखिएको छ । उपसमितिमा सहमति नजुटेपछि शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा छलफल हुँदा पनि सहमति जुटेन । बिहीबार समितिको बैठकमा सहमति नभएपछि शुक्रबार बिहान ११:३० बजेका लागि बैठक बोलाइएको छ । समितिका सभापति अम्मरबहादुर थापाले शुक्रबार बिहान ९ बजे समितिका सदस्यहरूबीच…