काठमाण्डु – साइबर अपराध मुद्दा लागेकी टिकटकर रमा बस्नेत ३० हजार धरौटीमा रिहा भएकी छन् । प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकको आलोचना गरेपछि मुद्दा खेल्नुपरेको अवस्थामा बस्नेतलाई काठमाण्डु जिल्ला अदालतले धरौटीमा रिहा गरेको हो । जिल्ला सरकारी वकिलको कार्यालय काठमाण्डुले बुधबार विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐनअन्तर्गत कसूर गरेको अभियोगमा अदालतमा अभियोगपत्र दायर गरेको…