काठमाण्डु – वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी कुवेत पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा प्रहरीले काठमाण्डुको तारकेश्वर नगरपालिका–४ बस्ने धनुषाको बटेश्वर गाउँपालिका–१ घर भएका ३६ वर्षीय राम बिहारी महतोलाई पक्राउ गरेको छ । रामले कुवेत पठाइदिन्छु भन्दै २ जना पीडितहरूबाट ३ लाख ४० हजार रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाण्डु उपत्यका…