काठमाण्डु – नेपाल बीमा प्राधिकरणको सञ्चालक समितिको अध्यक्ष पदका लागि १४ जनाले औपचारिक आवेदन दिएका छन् । भदौ १४ गते सिफारिस समितिले आह्वान गरेको आवेदनअन्तर्गत भदौ १९ गतेसम्म उम्मेदवारहरूले निवेदन दिएका हुन् । बीमा ऐन २०७९ को दफा ८ (१) बमोजिम स्नातकोत्तर उत्तीर्ण र कम्तीमा ५ वर्षको उच्च व्यवस्थापकीय अनुभव भएका ३०–६५ वर्ष उमेर समूहका…