स्वतन्त्रता दिवसका अवसरमा भारतले दियो नेपाललाई ३० एम्बुलेन्स र ६ बस

काठमाडौं - भारतको ७२ औं स्वतन्त्रता दिवसको अवसरमा नेपाललार्इ ३० वटा एम्बुलेन्स र ६ वटा बस उपहार दिएको छ । नेपालस्थित भारतीय दूतावासले नेपालका विभिन्न अस्पताल, परोपकार संस्था तथा शैक्षिक संस्थाहरुलाई एम्बुलेन्स र बसहरु उपलब्ध गराएको हो । लैनचौरस्थित दूतावासमा बुधबार आयोजित समारोहमा भारतीय राजदूत मञ्जीवसिंह पुरीले नेपालका बिभिन्न संघ, संस्थाहरुलाई एम्बुलेन्स तथा बसहरु हस्तान्तरण…