काठमाण्डु - नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणको ट्रफी टुर शनिबार शुरु हुँदैछ। शनिबार विराटनगरमा शुरु हुने ट्रफी टुर सुदूरपश्चिममा पुगेर टुंगिनेछ। ट्रफी विराटनगर, जनकपुर, चितवन, काठमाण्डु, पोखरा, लुम्बिनी, कर्णाली र सुदूरपश्चिममा पुर्याइने छ। दोस्रो संस्करणको एनपीएल आगामी पुस १ देखि २७ गतेसम्म काठमाण्डुमा हुँदैछ।