विशेष महाधिवेशनको हलबाटै निर्णय हुन्छ, हलुका ढंगले नलिऊ : महामन्त्री थापा

काठमाण्डु – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले विशेष महाधिवेशनको हलबाटै अन्तिम निर्णय हुने अडान लिएका छन् । मंगलबार साँझ पार्टी विशेष महाधिवेशनको बन्दसत्रलाई सम्बोधन गर्दै महामन्त्री थापाले विशेष महाधिवेशनको पवित्र अभियानलाई बदनाम गर्ने षड्यन्त्र भइरहेको बताएका छन् । ‘बाहिर केही हुँदैन, विशेष महाधिवेशनको हलबाट निर्णय हुन्छ । कहिले टिकटको हल्ला चलाइदिएको छ, कहिले केको हल्ला…