काठमाण्डु- बजारमा अण्डाको भाउ पुनः बढेको छ। प्रतिक्रेट १५ रूपैयाँका दरले अण्डाको मूल्य बढेको हो। गत साता बुधबार पनि अण्डाको नयाँ मूल्य तोकिएको थियो। नेपाल लेयर्स कुखुरापालक संघको बिहीबार बसेको बैठकले शुक्रबारबाट लागू हुने गरी अण्डाको मूल्य बढाएको हो । संघका अध्यक्ष विनोद पोखरेलका अनुसार अत्यधिक गर्मीका कारण अण्डाको उत्पादन घटेकाले मूल्य बढेको हो ।…