इजरायल, इरान लगायत मध्यपूर्वका देशमा पूर्ववत् जान सकिने

काठमाण्डु - इजरायल र इरान लगायत मध्यपूर्वका अरू देशहरुमा पहिलाको जस्तै जान सकिने भएको छ । परराष्ट्र मन्त्रालयले विज्ञप्ति निकालेर प्रचलित अध्यागमन नियम तथा प्रक्रियाहरूको पालना गरी पूर्ववत रूपमा ती देशहरुको यात्रा गर्न सकिने जनाएको हो । इजरायल र इरानबीचको द्वन्द्वका कारण सरकारले ती देशमा रहेका नेपाली नागरिक तथा नेपालबाट इजरायल, इरान वा मध्यपूर्वका अरू…