काठमाण्डु – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद सोबिता गौतमले सत्ताको आफ्नै दमनका कारण सदन रोकिएको बताएकी छन् । सोमबार प्रतिनिधि सभाको बैठक रोकिएपछि संघीय संसद् बाहिर सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उनले सदनले उम्किने बाटो नरोजी जनतालाई स्पष्ट पार्न आग्रह गरिन् । उनले भनिन्, ‘छानबिन समितिप्रति चित्त बुझाउने ठाउँ छैन । नयाँ बनाउने भनी वार्ता गर्ने बित्तिकै…