काठमाण्डु– एनसेलका ग्राहकहरूले अब अल्टिमा लाइफस्टाइलका विभिन्न सामग्रीहरुको खरिदमा ६० प्रतिशतसम्म छुट पाउने भएका छन् । एनसेल र अल्टिमा लाइफस्टाइलबीच भएको साझेदारीसँगै एनसेल ग्राहकहरूले अल्टिमाका विभिन्न ग्याजेटहरूमा छुट प्राप्त गर्ने भएका हुन्। यो अफरका लागि एनसेलका चिफ कन्जुमर बिजनेस अफिसर उपांग दत्ता र अल्टिमा लाइफस्टाइलका प्रमुख कार्यकारी अधिकृत अमित अग्रवालले सम्झौतामा हस्ताक्षर गरेका छन् ।…