धनगढी – पुर्पक्षका लागि कैलाली कारागारमा थुनामा रहेका १ जनाको मृत्यु भएको छ । जबरजस्तीकरणी मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका टीकापुर नगरपालिका–४ का ५६ वर्षीय रामकिसन चौधरीको मृत्यु भएको हो । कैलाली कारागारका जेलर प्रकाश ढुंगानाले चौधरीले रिंगटा लागेको भनेपछि उपचारका लागि दिउँसो साढे २ बजेतिर सेती प्रादेशिक अस्पताल लगिएकोमा अस्पताल पुर्याइएको केहीबेरमै चिकित्सकले मृत…