काठमाण्डु- नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले विशेष महाधिवेशको औचित्य सकिएको निर्णय गरेको छ। शुक्रबार बसेको बैठकले १५औँ महाधिवेशनको कार्यतालिका आएसँगै विशेष महाधिवेशनको औचित्य सकिएको जनाएको हो । निर्णयमा भनिएको छ, ‘नियमित १५औँ महाधिवेशनको कार्यतालिका बमोजिम आवश्यक प्रक्रिया अघि बढिसकेको सन्दर्भमा विधान बमोजिम समयमै नियमित १५औँ महाधिवेशन वा सोही अवधिमा विशेष महाधिवेशन गर्न भनी माग…