काठमाण्डु – पूर्व पश्चिम राजमार्गअन्तर्गत नवलपरासीमा फेरि सडक बन्द भएको छ । विनयी खोलामा पानीको बहाव धेरै भएकाले गाडी चल्न नसकेको नवलपरासी प्रहरीले जनाएको छ । बिहीबार राति डाइभर्सन बगाएर बन्द भएको सडक शुक्रबार दिउँसोपछि केही खुलेको थियो । ६ महिनाअघि दुम्कीबासको विनयी खोलामा रहेको फलामे पुल भाँच्चिएपछि त्यहाँ डाइभर्सन बनाएर गाडी सञ्चालन हुँदै आएको…