उपसभामुख अमेरिकामा, यता पदबाट हटाउन हस्ताक्षर संकलन गर्दै दुई दल

काठमाण्डु– उपसभामुख इन्दिरा राना अमेरिका भ्रमणमा छिन्। राना अमेरिकामै रहेका बेला नेपालमा उनलाई पदबाट हटाउने तयारी भइरहेको छ। नेपाली कांग्रेस र नेकपा (एमाले) ले रानालाई पदमुक्त गर्नका लागि हस्ताक्षर संकलन सुरु गरेका छन्। रानाको सचिवालयका अनुसार उनी गत साउन ३० गते व्यक्तिगत भ्रमणका लागि अमेरिका गएकी हुन्। उनको यही भदौ १३ गते स्वदेश फर्कने कार्यक्रम…