आज कोशी र बागमती प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाण्डु - जल तथा माैसम पूर्वानुमान महाशाखाले मंगलबारकाे माैसम पूर्वानुमान गरेकाे छ। हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको दक्षिणतर्फ रहेका हुनाले नेपालमा मनसुन केही कमजोर रहेको छ। जसका कारण धेरै स्थानमा वर्षाको सम्भावना कम छ तर, बंगालको खाडीबाट जलवाष्पयुक्त हावा भित्रने क्रम भने जारी रहेको छ। माैसम पूर्वानुमान महाशाखाले दिउँसो देशभर साधारणतया बदली रहनुको साथै…