राष्ट्रपतिसमक्ष ४ देशका नवनियुक्त राजदूतद्वारा ओहोदाको प्रमाणपत्र पेश

काठमाण्डु – राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नेपालका लागि नवनियुक्त ४ मुलुकका राजदूतहरूले आ–आफ्नो ओहोदाको प्रमाणपत्र पेश गरेका छन् । राष्ट्रपति भवन शीतल निवासमा आयोजित छुट्टाछुट्टै विशेष समारोहमार्फत राजदूतहरूले प्रमाणपत्र बुझाएका हुन् । विशेष समारोहमा नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरूको समेत उपस्थिति रहेको थियो । नवनियुक्त राजदूतहरूलाई काठमाण्डुस्थित होटल डुसिट प्रिन्सेसदेखि राष्ट्रपति भवनसम्म विशेष सम्मानस्वरूप रिसल्ला सहितको…