पूर्वप्रधानमन्त्री डा. भट्टराई भारत जाँदै

काठमाण्डु- प्रगतिशील लोकतान्त्रिक पार्टी गठन गरेका डा. बाबुराम भट्टराई आइतबार भारत जाँदै छन् । भ्रमणका क्रममा डा भट्टराईले भारतका बौद्धिक, कूटनीतिक तथा शैक्षिक क्षेत्रका प्रतिनिधिहरूसँग महत्त्वपूर्ण भेटघाट र छलफल गर्नेछन्। विशेषगरी नेपाल–भारत सम्बन्ध, क्षेत्रीय सहकार्य र लोकतान्त्रिक अभ्यासका समसामयिक विषयमा उनले आफ्ना विचारहरू राख्ने उनको सचिवालयले जनाएको छ। भट्टराईले भारतको प्रतिष्ठित शिक्षण संस्था आईआईटी बम्बईमा…