काठमाण्डु - काठमाण्डुमा जारी साफ महिला क्लब च्याम्पियनसिपको उपाधिका लागि शनिबार विभागीय टोली एपीएफ फुटबल क्लब भारतको लिग च्याम्पियन इस्ट बंगाल एफसीसँग भिड्दै छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने फाइनल खेल साँझ ५ बजे सुरु हुनेछ। एपीएफ र इस्ट बंगाल दुवै टोली साफ क्लब च्याम्पियनसिप पहिलो संस्करणको उपाधि जित्ने दाउमा छन्। राउन्ड रोबिनमा आधारित खेलमा इस्ट…