न्युजिल्यान्डका उपप्रधानमन्त्री आज नेपाल आउँदै

काठमाण्डु- न्युजिल्यान्डका उपप्रधान तथा विदेशमन्त्री विन्स्टन पिटर्स नेपालको औपचारिक भ्रमणका लागि बुधबार काठमाडौं आउँदै छन् । परराष्ट्र मन्त्रालयका अनुसार बुधबार र बिहीबार गरी दुई दिन काठमाडौंमा रहनेछन् । न्युजिल्यान्डबाट उच्चस्तरको यो पहिलो राजनीतिक भ्रमण हो । श्रीलंकाको भ्रमण सकेर पिटर्स मैत्रीपूर्ण औपचारिक भ्रमणका लागि नेपाल आउन लागेका हुन् । उनले राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री केपी शर्मा ओलीसँग…