काठमाण्डु – नेकपा एमालेको ५२औं सचिवालय बैठकले आगामी जेठ १५ गते गणतन्त्र दिवसलाई देशव्यापी उत्सवका रूपमा मनाउने निर्णय गरेको छ । आईतबार पार्टी कार्यालय च्यासलमा बसेको केन्द्रीय सचिवालय बैठकले गणतन्त्र स्थापना भएको दिनलाई विशेष उत्सवका रूपमा मनाउने निर्णय गरेको महासचिव शंकर पोखरेलले बताए । बैठकपछि महासचिव शंकर पोखरेलले जानकारी दिँदै भने, ‘आजको बैठक समसामयिक विषयमा…