सडक विस्तारका क्रममा साँगामा पहिरो खस्यो, एक मजदुर घाइते

काठमाण्डु– अरनिको राजमार्गअन्तर्गत सूर्यविनायक–साँगा खण्डमा सुख्खा पहिरो खस्दा आइतबार एकजना मजदुर घाइते भएका छन् । भक्तपुरको जगाति–साँगा खण्ड र साँगा–धुलिखेल खण्डमा भइरहेको सडक विस्तारका क्रममा अत्यन्तै जोखिमस्थलका रूपमा रहेको सूयविनायक नगरपालिका–१० साँगाको झोलुङ्गे पुलमुनि सुक्खा पहिरो खस्दा सडक विस्तारको काम गरिरहेका मजदुर पुरिएर घाइते भएका हुन् । बर्दियाको वारबर्दिया नगरपालिका–५ घर भई हाल सूर्यविनायक–९ पलासेँ…