काठमाण्डु - नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई बुद्धि नभएको डाक्टरको संज्ञा दिएका छन् । पार्टीको मध्य पहाडी जागरण अभियानको क्रममा रुकुम पूर्व पुगेका दाहालसँग पत्रकारहरूले बाबुरामसँग एकताबारे प्रश्न गर्दा यस्तो टिप्पणी गरेका हुन् । बाबुरामले कम्युनिष्ट नाम…