काठमाण्डु - राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समितिले शुक्रबार राजधानीको माइतीघर क्षेत्रमा प्रदर्शन गर्ने भएका छन् । यसअघि राजावादी समूहले बिहीबार शान्तिबाटिका क्षेत्रमा प्रदर्शन गरेको थियो । राजावादी समूहले राजसंस्था र हिन्दुराष्ट्रको पुनर्स्थापनाका साथै संघीयता खारेजीको माग गरेर अनिश्चितकालीन आन्दोलन सुरु गरेका छन् ।