गोदाममा छापा हानेर सशस्त्रद्वारा ३५ लाख बढीको कपडासहित १ जना पक्राउ

काठमाण्डु – कैलालीको धनगढी उपमहानगरपालिका–४ उत्तरबेहडीस्थित गोल मार्केटबाट बिहीबार सशस्त्र प्रहरी बल नेपालको टोलीले ३५ लाख २१ हजार २४० रुपैयाँ बराबरको लत्ताकपडासहित १ जनालाई नियन्त्रणमा लिएको छ । स्थानीय राधा गोविन्द सप्लायर्सको नाममा दर्ता भएको गोदाममा भारतबाट अवैध रूपमा  ल्याएर लुकाइछिपाई राखेको उल्लेखित मूल्य बराबरको लत्ताकपडासहित सप्लायर्सका सञ्चालक ३४ वर्षीय अंकुश गुप्तालाई समेत नियन्त्रणमा लिइएको…