काठमाण्डु-रास्वपा सभापति रवि लामिछानेविरुद्धको सूर्यदर्शन सहकारी ठगीको मुद्दाको सुनुवाइ हेर्दाहेर्दैमा परेको छ । शुक्रबार उच्च अदालत पोखराका मुख्य न्यायाधीश डा. रत्नबहादुर बागचन्द र न्यायाधीश मिलनकुमार राईको इजलासले हेर्दा हेर्दैमा राखेको हो । जिल्ला अदालत कास्कीले लामिछानेलाई ६५ लाख धरौटीमा रिहा गर्न आदेश दिएको थियो। उक्त धरौटी बढी भएको भन्दै लामिछानेले उच्च अदालतमा निवेदन दिएका थिए।…