काठमाण्डु– सार्वजनिक लेखा समितिमा आज पनि सांसद र सभापतिबीच चर्काचर्की भएको छ । बुधबार सिंहदरबारमा बसेको सार्वजनिक लेखा समितिको बैठकमा वुधबारको जस्तै माहोल देखियो । समितिमा प्राप्त उजुरीउपर छलफलमा प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रका सांसद अमनलाल मोदी र सभापति ऋषिकेश पोखरेलबीचको चर्काचर्कीले बुधबारकै अवस्था निम्ताएको हो । बैठकमा सांसद मोदीले समिति सत्तापक्ष दलको मात्र…