काठमाण्डु– काठमाण्डु उपत्यका विकास प्राधिकरण, दिव्येश्वरी जग्गा एकीकरण आयोजना,भक्तपुरका सव–इन्जिनियर कुमार पौड्यालविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आइतबार विशेष अदालत काठमाण्डुमा आरोपपत्र दायर गरेको हो । पौड्यालले सार्वजनिक सेवाको पदमा रहँदा गैरकानूनी रूपमा सम्पत्ति आर्जन गरेको र उक्त सम्पति आफ्नो श्रीमती विष्णु मैया पौड्यालका नाममा राखेको भन्दै आयोगले श्रीमतीलाई समेत…