काठमाण्डु - हिमाली जिल्ला मुगुको सोरुगाउँपालिकामा निर्माणाधीन दोमुख पक्की पुल ठेक्का सम्झौता भएको चार वर्ष बितिसक्दा पनि निर्माण कार्य अत्यन्तै सुस्त देखिएको छ । हुम्ला–कर्णाली करिडोर तथा मुगुको गमगढी, तारापानी र नाक्चेलाग्ना सडक जोड्ने रणनीतिक महत्वको उक्त पुलमा हालसम्म करिब २ प्रतिशत मात्र प्रगति भएको पाइएको छ । आर्थिक वर्ष २०७७/०७८ मा ठेक्का नम्बर २…