काठमाण्डु - डाइजेस्टिभ नट्स बिस्कुटमा रौँ भेटिएको छ । सुनसरीको दुहबीमा रहेको एसियन बिस्कुट एण्ड कन्फेक्सनरी प्रालिले उत्पादन गरेको बिस्कुटमा रौँ भेटिएको हो । रौँ भेटिएपछि सरकारले उद्योगलाई २ लाख रुपैयाँ जरिवाना गरेको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका अनुसार उद्योगद्वारा उत्पादित डाइजेस्टिभ नट्स बिस्कुटमा रौँ भेटिएको भन्दै विभागमा उजुरी परेको थियो ।…