काठमाण्डु–अमेरिकाको कोलोराडो राज्यस्थित डेनभर अन्तर्राष्ट्रिय विमानस्थलमा अमेरिकन एयरलाइन्सको बोइङ ७३७ म्याक्स ८ विमानमा शनिबार आगलागी भएको छ। मियामीतर्फ उडान गर्न लागेको सो विमानको ल्यान्डिङ गियरमा समस्या देखिएपछि टेकअफ रोक्दा पछिल्लो भागमा आगो लागेको हो। स्थानीय समय अनुसार दिउँसो २:४५ बजे दुर्घटना भएको बताइएको छ। विमानमा १७३ जना यात्रु र ६ जना क्रु सदस्य सवार थिए।…