एआई भविष्यको सपना होइन, अहिलेको आवश्यकता हो : सभापति देउवा

काठमाण्डु – नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) अब केवल भविष्यको कल्पना नभई वर्तमानको आवश्यकता भएको बताएका छन् । पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै देउवाले एआई र प्रविधिको सदुपयोगबाट नेपालले तीव्र विकास गर्नसक्ने बताए । उनले भने, ‘अहिले समय नै इन्टरनेटको हो । आज आर्टिफिसियल इन्टेलिजेन्सको प्रयोग हामीले…