नेपाली र अमेरिकी सेनाबीच आजदेखि ल्याण्ड फोर्स टक हुँदै

काठमाण्डु – नेपाली सेना र अमेरिकी सेनाबीच बुधबारदेखि काठमाण्डुमा छैटौं संस्करणको ल्याण्ड फोर्स टक हुँदैछ । ल्यान्डफोर्स टकमा सहभागी हुन अमेरिकी सेना नेतृत्वको उच्चस्तरीय टोली मंगलबार साँझ काठमाण्डु आइपुगेको छ। अमेरिकी सेनाका ल्याफ्टिनेन्ट जनरल स्कट एलेक्जान्डर विटरको नेतृत्वमा तीन सदस्यीय टोली काठमाण्डु आइपुगेका हुन्। अन्य दुई सदस्यमा सारा जेनेट अल्बर्सन र एडवर्ड जेन्स डोना छन्।…