कहाँ हराए एकै परिवारका १७ जना ? यसो भन्छ प्रशासन

काठमाण्डु- सिन्धुलीको गोलञ्जोर गाउँपालिका–६ स्थित भण्डास बिप्पर कटेरीमा एकै परिवारका १७ जना सदस्य बेपत्ता भएका छन् । स्थानीय करिब ५६ वर्षीया उर्मिला हायुको परिवारका छोरा, बुहारी, छोरी र एक ज्वाइँसहित १७ जना बेपत्ता भएका हुन् । एकान्तमा घर भएको सीमान्तकृत समुदायको सो परिवार तीन दिन अघिबाट बेपत्ता भएको हुनसक्ने अनुमान गरिएको वडाध्यक्ष रवीन श्रेष्ठले जानकारी…