प्रहरीलाई छलेर भागेको कार दुर्घटना, ४२१ किलो गाँजा बरामद

काठमाण्डु- धनकुटाबाट सशस्त्र प्रहरी बलले गाँजासहित एउटा कार नियन्त्रणमा लिएको छ । बुधबार बिहान साँगुरीगढी गाउँपालिका– ६ नमस्ते झरनास्थित कोशी लोकमार्गमा धनकुटाबाट धरानतर्फ जाँदै गरेको कारलाई सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन वेश मुलघाटको चेक प्वाइन्ट डिउटीले शङ्का लागि चेकजाँच गर्न खोज्दा भागेको थियो । को २ प १७३४ नम्बरको कार भागेपछि पिछा गर्दैगर्दा उक्त…