काठमाण्डु – सैनिक मुख्यालय जङ्गीअड्डामा सञ्चालित ‘पृतनापति समन्वयात्मक बैठक–२०८२’ बुधबार सफलतापूर्वक सम्पन्न भएको छ । बैठकको अन्तिम दिन प्रधानसेनापति महारथी अशोकराज सिग्देलले पृतनापतिहरूलाई विशेष सम्बोधन गर्दै विविध निर्देशनहरू दिएका छन् । निर्वाचन सुरक्षामा केन्द्रित निर्देशन बैठकको समापन कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानसेनापति सिग्देलले आसन्न निर्वाचनलाई सुरक्षित र शान्तिपूर्ण तवरले सम्पन्न गर्न निर्देशन दिए । उनले ‘एकीकृत…