काठमाण्डु– प्रधानमन्त्री सुशीला कार्कीले हिमाली जिल्लामा पनि फागुन २१ गते नै चुनाव हुने बताएकी छन् । हिमाली जिल्लाहरूको स्थलगत निरीक्षणका क्रममा बिहीबार सोलुखुम्बु पुगेकी प्रधानमन्त्री कार्कीले देशभर फागुन २१ मै चुनाव हुने बताएकी हुन् । स्थानीय पत्रकारलाई प्रतिक्रिया दिँदै प्रधानमन्त्री कार्कीले कुनै पनि बहानामा निर्वाचन सार्ने अवस्था नरहेको उल्लेख गरिन् । उनले भनिन् ‘पुरै देशभर…