काठमाण्डु – भिजिट भिसाबापत लाखौँ रुपैयाँ असुली काण्डमा बिचौलिया बालकृष्ण खड्कालाई विशेष अदालतले ५ लाख धरौटीमा छाड्न आदेश दिएको छ । मंगलबार विशेष अदालतका न्यायाधीशत्रय नारायणप्रसाद पौडेल, डिल्लीरत्न श्रेष्ठ र विदुर कोइरालाको इजलासले ग्रिनलाइन होलिडेज प्रालिका सञ्चालक खड्कालाई धरौटीमा छाड्ने आदेश दिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत मंसिर २५ गते सहसचिव तिर्थराज भट्टराईसहित…