एमालेले ‘युथ सेलिब्रेशसन’ गर्दै, एक लाख युवा उतार्ने तयारी

काठमाण्डु- सत्तारुढ नेकपा (एमाले)ले लोकतन्त्र दिवसको अवसरमा बिहीबार काठमाडौंमा ‘युथ सेलिब्रेशसन’ आयोजना गर्दैछ । लोकतन्त्र दिवसलाई जनताले जितेको दिनको रूपमा एमालेले काठमाडौंको भृकुटीमण्डपमा बिहीबार दिउँसो १ बजेबाट ‘युथ सेलिब्रेसन’ गर्दैछ । कार्यक्रममा ४० वर्षमुनिका युवा परिचालन गरिनेछ । ‘जनताले जितेको ऐतिहासिक दिनलाई नेपाली युवाहरूले सेलिब्रेशन गर्नुपर्छ, यो दिनलाई युवाले लोकतन्त्रको उत्सवको रूपमा मनाउने छन्’, कार्यक्रमको…