सुदूरपश्चिममा देउवाको अनुपस्थितिले कांग्रेसलाई मुस्किल, चुनावमा अरु को–को छुटे ?

धनगढी – चुनाव हार्नै नजानेका, अनि एउटै क्षेत्रबाट पटक–पटक सांसद बनेर ५ पटक प्रधानमन्त्री बनेका कांग्रेस पूर्वसभापति शेरबहादुर देउवा फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका उम्मेदवार छैनन् । २०७८ सालदेखि हालसम्म अपराजित देउवाले अन्तिम पटक चुनाव लड्ने सार्वजनिक अभिव्यक्ति नै दिएका थिए । तर कांग्रेसमै विद्रोह गर्दै विशेष महाधिवेशनबाट सभापति छानिएका गगनकुमार थापा नेतृत्वको कार्यसमितिले…