काठमाण्डु– चलचित्र ‘अभिमन्यु : च्याप्टर–१’को पोस्टर सार्वजनिक भएको छ । निर्माणपक्षले आज सार्वजनिक गरेको पोस्टरमा कामेश्वर चौरासियालाई देख्न सकिन्छ । पोस्टरमा उनी खुसीले कराइरहेको जस्तो देखिन्छ । उनको तलतिर विराटनगर कारगार छ । कारागारलाई गरिएको तारबारभन्दा माथि उनी चिच्याइरहेका छन् । अगाडि खैरो रङको मनी ब्याग छ । कारागारको छेउ, अगाडि मनीब्याग अनि कामेश्वरको एक्सप्रेसनले…