नीति तथा कार्यक्रममाथि छलफल गर्दै गण्डकी प्रदेशसभा

गण्डकी – गण्डकी प्रदेश सरकारको आगामी आव २०८३/०८४ को नीति तथा कार्यक्रममाथि प्रदेश सभामा बुधबारदेखि छलफल सुरु भएको छ । प्रदेश प्रमुख डिल्लीराज भट्टले मंगलबार प्रदेश सभामा प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथि प्रदेशसभा सदस्यहरूले धारणा राख्ने क्रम सुरु भएको हो ।  प्रदेशसभा सदस्य जीतप्रकाश आले मगरले विनीयोजन विधेयकका सिद्धान्त र प्राथमिकताअनुसार नीति तथा कार्यक्रम र…